दफा
सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारी
(१) सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारी देहाय बमोजिम हुनेछ :-
(क) नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्रिय हित वा सङ्घीय इकाइ बीचको सु-सम्बन्धमा प्रतिकूल असर हुने गरी वा वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै काम कारबाही गर्न वा गराउन वा त्यस्तो गर्ने उद्योग गर्न वा दुरुत्साहन गर्न वा त्यस्तो काम गर्ने षड्यन्त्र गर्न वा विभिन्न जात, जाति वा सम्प्रदाय बीचको सु-सम्बन्धमा खलल पार्ने लगायतका विषय सामाजिक सञ्जालमा सम्प्रेषण गर्न नहुने,
(ख) जातीय भेदभाव वा छुवाछुतलाई टुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढावा दिने वा प्रचलित कानून बमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएको कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने तथा अश्चिल सामग्री प्रकाशन वा प्रसारण लगायतका कार्य गर्न वा गराउन नहुने,
(ग) दफा ४ बमोजिम निषेध गरिएका कार्य गर्न वा गराउन नहुने,
(२) उपदफा (१) बमोजिमको कुनै कार्य अन्य व्यक्तिले गरेको कुरा सामाजिक सञ्जाल प्रयोगकर्ताले जानाजानी सेयर, लाइक, रिपोस्ट, लाइभ व्रोडकास्ट, ट्याग, मेन्सन, सब्सक्राइब र कमेन्ट गर्ने लगायतका कार्य गर्न वा गराउन हुदैन।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सामाजिक सञ्जालमा प्रचलित कानून तथा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल नहुने प्रकृतिका सूचनामूलक, तथ्यपरक, शिक्षामूलक, अध्ययन तथा अनुसन्धानात्मक तथा सञ्चारजन्य विवरण शब्द, चित्र, सङ्केत, अडियो वा भिडियो लगायतका सामग्री प्रकाशन वा प्रसारण गर्न र सोको सेयर, लाइक, रिपोस्ट, लाइभ ब्रोडकास्ट, सब्सक्राइब, कमेन्ट, ट्याग, ह्यासट्याग गर्ने लगायतका कार्य गर्न बाधा पुग्ने द्वैन ।